New Videos from Youtube

‘तनाव’ सकेका निर्देशक ऋषि न्यौपाने नयाँ अनुहारको खोजीमा

 चलचित्र ‘तनाव’ को सुटिङ सकेका निर्देशक ऋषि न्यौपाने यतिबेला फेरी अर्को चलचित्र बनाउने तयारीमा छन् ।बैशाखको पहिलो साताबाट छायांकनमा जान लागेको चलचित्रका लागि नयाँ अनुहारको खोजी भइरहेको उनले  बताए । अहिलेसम्म नाम नजुरिसकेको यो चलचित्रको शनिबार गीत रेकडिङ कार्य सकिएको छ । चलचित्रमा अमित श्रेष्ठको संगीत, सम्राट बस्नेतको द्वन्द्व, बब्बु थापाको नृत्य रहने छ ।सीजे पाण्डे र भुपेन बस्न्यातको निर्माणमा तयार हुन लागेको यो चलचित्रमा विक्रम क्षेत्री र रागिनी खड्गी कलाकारको रुपमा पक्का भैसकेका छन् भने पुर्णतया लभस्टोरी कथामा तयार हुन लागेको यो सिनेमामा ४ गीत समावेश छन् । निर्देशक न्यौपानले नै निर्देशन गरेको चलचित्र ‘तनाव’ को हाल
सम्पादन कार्य भइरहेको छ ।

नेपाली सिने जगत मा सेक्सी र हट अरुणिमा

चलचित्र ‘किन किन’ बाट एक नायिकाको आमगन नेपाली सिने जगत मा आएकी छिन  । सार्वजनिक कार्यक्रममा अहिलेसम्म नदेखिएकी नायिका अरुणिमा लामा ‘किन किन’ को एक महत्वपुर्ण पाटो हुन् । सिनेमाप्रती आम मानिसको ध्यान खिच्न अरुणिमाको भुमिका ठूलो रहेको निर्देशक उकेश दाहालको छ । यसैले पनि अहिले उनको चर्चा चुलिदैछ ।चलचित्रमा उनले सेक्सी र हट युवतीको भुमिका निर्वाहा गरेकी छिन् । चलचित्रमा उनले नायक राजेश हमाल, सुभाष थापासँग हट दृश्य दिएकी छिन् । अरुणिमाको जवानीले ‘किन किन’ लाई तताउने यसको निर्माणपक्षको विश्वास छ । साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको यो चलचित्रमा राज तिमिल्सिना, शशी खड्काका साथमा गायक राजेश पायल राई, प्रमोद खरेल, हिमाल सागरले पनि अभिनय गरेका छन् । चलचित्रमा यि तिन कलाकारले पनि टङ किसको दृश्य दिएका छन् ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Filmy Charcha - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger